पृथ्वीलाई निको पार्न बृक्षारोपण

लेखकः जेनेट सबिना र मार्नी क्लार्क

नेपाली अनुवादः सुभाष चन्द्र

Carol Drysdale, age 13; Maggie MacArthur-McKay, age 15 watercolor
Maggie MacArthur-McKay, age 15 framed: watercolor
Aubrey Riley, age 11 framed: acrylic on canvas
Aubrey Riley, age 11 framed: color pencil and felt-tip pen

केन्यामा, जमिनमा मानिसहरूको बस्ती बढ्दै गएपछि खेतीयोग्य जमिनका लागि र दाउराका लागि रूखहरू काटिन्छन्। जमिनमा रूखका जरा नरहेपछि बर्खाको भेलले माटो बगाएर लान्छ। अनि पहिला जंगल भएको ठाउँ विस्तारै मरूभूमि बन्न थाल्छ। 

वाङ्गारी माथाइ केन्याली जनताको जीवनस्तर सुधार्न चाहनुहुन्थ्यो। मान्छेहरू वहाँ सानै हुँदा देखि भन्थे… “यी नानी पछि गएर आफ्ना जनतालाई सहयोग गर्ने जिम्मेवार नेता हुनेछिन्”। यो काम सजिलो थिएन। अन्ततः वहाँले एकदमै धेरै रूखहरू रोपेर मानिसहरूलाई सहयोग पुर्‍याउने निधो गर्नुभयो। 

सुरूमा वहाँले छ हजार थान बिरूवाहरू निःशुल्क पाउनुभयो तर ती बिरूवा रोप्न वहाँले भेला गरेका मानिसहरूसँग न कुनै औजार थियो न त पैसा नै। रोपेका बिरूवा भिजाउने पानी पनि थिएन, एकदमै सुख्खा याम थियो। छ हजार मध्ये दुईवटा विरूवा बाँचे, अरू सबै मरे। यो प्रयासले काम गरेन।

वाङ्गारीले महसुस गर्नुभयो… म एक्लैले यो काम फत्ते हुन सक्दैन। त्यसैले वहाँले महिलाहरूको एउटा समूह सुरू गर्नुभयो। वहाँहरूले केन्याली समाजका नायकहरूको सम्मानमा केन्याको राजधानीमा रूखहरू रोप्न महत्त्वपूर्ण नेताहरूको साथ पाउनुभयो। नेताहरूले रूख त रोपे तर पानी हालेनन्, र सबै विरूवाहरू मरे। यो प्रयासले पनि काम गरेन। 

त्यसपछि वहाँहरूको समूहले सार्वजनिक जमिनमा दशौँ लाख नयाँ विरूवा रोप्ने लक्ष्य लियो र जमिन वरिपरि बस्ने मानिसहरूले नै ती विरूवाको रखेदेख गर्नुपर्ने कुरा भयो। वन विभागले यो योजना मन परायो र विरूवाहरू निःशुल्क उपलब्ध गराउने भयो। तर अन्तमा विभागले विरूवाहरूको लागत वेहोरेर समूहलाई निःशुल्क दिन नसक्ने जनायो। यसरी यो उपाय पनि असफल भयो। 

वाङ्गारीले सोच्नुभयोः हैन, किन महिलाहरूलाई नै विरूवाका नर्सरी राख्न नसिकाउने? यसरी उनीहरूले रूखका विरूवाहरू वितरण गरेर आम्दानी पनि गर्न सक्छन्। अन्ततः कुनै एउटा उपायले त काम गर्‍यो!

महिलाहरूले नजिकैका रूखहरूबाट बीजहरू भेला गर्न सिके, नर्सरी राखे र तिनको स्याहार गरे। उनीहरूले आफ्नै साना व्यावसायहरू सञ्चालन गर्न सिके। उनीहरूको कामलाई हरित क्षेत्र अभियान भनियो, र त्यो निकै गज्जपको थियो।

अभियान अघि बढेको धेरै समय वित्न नपाउँदै मानिसहरूले हावाहुरी छेक्न, माटोको चिसोपन जोगाउन र दाउरा जोहो गर्न स्थानीय प्रजातिका रूखविरूवाहरू रोप्न थाले। उनीहरूको सफलताको कथा चारैतिर फैलिन थाल्यो, अनि रूखहरूको महत्त्व दर्शाउन धेरैतिर वैठकहरू आयोजना गरिए। केन्याका थुप्रै ठाउँबाट मानिसहरूले आफूले समूह बनाएको र बृक्षारोपणका लागि विरूवाहरू चाहिएको जनाउँदै हरित क्षेत्र अभियानलाई चिट्ठीहरू पठाए। हरित क्षेत्र अभियानकर्मीहरूले विरूवाहरूको स्याहारमा ध्यान लगाउने मानिसहरूका लागि औजार, पानी ट्याङ्की र तालिमहरू उपलब्ध गराए।

कतिपय मानिसहरूले उत्साहका साथ विरूवाहरू त रोपे तर त्यसको हेरचाह गर्दागर्दै वाक्क मानेर गति छाडेका हुनाले धेरै विरूवा मरेर गए। यस्तो अवस्थामा हरित क्षेत्र अभियानले रोपेको छ महिनासम्म जीवित रहेको प्रत्येक विरूवाका लागि केही रकम दिने प्रस्ताव गरे। यो  उपायले काम गर्‍यो।

मानिसहरूले स्थानीय प्रजाति भन्दा छिटो हुर्किने र चाँडै काटेर बेच्न मिल्ने विरूवाहरू खोजेर ल्याएर रोपे। तर रूखहरू छिट्टै काट्ने गर्दा त्यसले माटोको क्षयीकरण रोक्दैन। साथै, केन्याका स्थानीय प्रजातिका रूखहरूले फलफूल, मह, औषधी र गाईवस्तुका लागि खानेकुरा पनि उपलब्ध गराउने गर्थे जो बाहिरबाट ल्याइएका नयाँ प्रजातिका बोटविरूवाले दिँदैनथे। हरित क्षेत्र अभियानका अभियान्ताहरूले मानिसहरूलाई स्थानीय प्रजातिका रूखविरूवा लगाउनुका फाइदाबारे सिकाउन थाले।

वाङ्गारीको कामले धेरै ठूलो परिवर्तन ल्याएको छः पन्ध्र सय भन्दा बढी नर्सरीहरू सुरू भए र एक करोड भन्दा बढी रूखहरू रोपिए, खासगरि विद्यालय छेउछाउका हरित क्षेत्रहरूमा। दश लाख भन्दा बढी विद्यार्थीहरूले विरूवाहरूको स्याहारका लागि सहयोग गरे।

वाङ्गारीले आफ्नो कामका लागि बाह्र लाख भन्दा बढीको पुरस्कार पाउनुभयो। वहाँले त्यो पुरस्कारको पैसा केमा कसरी प्रयोग गर्नुहोला भनि मानिसहरूले चासो दिएर हेरे। वहाँले त्यो पैसा नयाँ नर्सरीहरू निर्माण गर्न र अफ्रिकाभर अन्य हरित क्षेत्र समितिहरूलाई त्यस्तै काम गर्न प्रदान गर्नुभयो। वाङ्गारी हरेक व्यक्तिको र हाम्रो अमूल्य पृथ्वीको ख्याल राख्नुहुन्छ, र साधारण मानिसहरूमा हुने असाधारण असलपन एवम् सक्षमता अनुभव गर्नुभएको छ।