कुन्ता-हाजी

लेखकः सइद खमजात न्यूनेभ, चेचेन्या

नेपाली अनुवादः सुभाष चन्द्र

Asya Umarova, age 16 pencil
Unknown
Unknown
Oznieva Aset, age 17
Alieva Zulikhan, age 18 watercolor
Asya Umarova, age 16 pencil

“के तपाईं सर्वशक्तिमान अल्लाहलाई प्रेम गर्न चाहानुहुन्छ? त्यसोभए तपाईंले सच्चाईलाई प्रेम गर्नै पर्छ।”
“आफ्नो टाउकोमा पगरी बाँध्नु अघि आफ्नो हृदयमा पगरी बाँध्नु।”
~ कुन्ता…हाजी

चेचेन्यामा सर्वाधिक आदर गरिएका सन्त शेख कुन्ता…हाजी करिब सन् १८३० तिर स्ती सू गाउँमा जन्मिनुभएको थियो। एक सूफी र मुरिद भाइचाराका संस्थापकका रूपमा वहाँ संसारका इश्लाम धर्मावलम्बीहरूबीच निकै परिचित र श्रद्धेय हुनुन्छ।

कुन्ता…हाजी बालखै हुँदा आफ्ना अभिभावकसँग चेचेन्याको मुटुमा रहेको हिमालय क्षेत्रस्थित इस्क्लान उर्त गाउँमा बसाईं सर्नुभयो। युवा उमेर पुग्दा नपुग्दै वहाँले धर्मप्रवचन दिन थाल्नुभएको थियो।

त्यसबेला रसियाली युद्धका कारण चेचेन नागरिकहरू क्लान्त भैसकेका थिए, निराशामा डुवेका थिए। यसैबीच उनीहरूले आस्था र सद्भावका माध्यमबाट शान्ति, आनन्द, सामन्जस्यता र एकता स्थापना गर्नेबारे कुन्ता…हाजीको सन्देश सुने। कुन्ता…हाजीले बाँडेको शिक्षाले त्यो समयमा र आउने दिनहरूमा समेत चेनेनहरूको आत्मालाई एउटा अकल्पनीय दुर्गति र कष्टबाट बचायो।

बच्चै उमेरमा पनि कुन्ता…हाजीले आफूभन्दा ठूलो उमेरका मानिसहरूसँग प्रश्न गर्ने गर्नुहुन्थ्योः मानिसहरू किन युद्ध सिर्जना गर्छन्? किन एकअर्कालाई मार्छन्? यहाँ किन दुष्टता छ? ईश्वरले किन यी सबै खराबीलाई हटाउँदैनन्? जब कुन्ता…हाजी हुर्किनुभयो, वहाँले झैनहरूका धार्मिक पुस्तकहरूमा र इश्लाम धर्मका प्रबुद्ध शेखहरूले अरबी भाषामा दिएका सर्वोत्तम शिक्षाहरूमा यी प्रश्नको जवाफ खोज्नुभयो। सन् १८०० को मध्यतिर वहाँ एउटा सूफी (इश्लाम धर्मको एउटा शान्तिप्रेमी धार) का रूपमा चेचेन्या फर्किनुभयो।

ककेशियन क्षेत्रमा चलिरहेको युद्ध चेनेन्या र दागिस्तानतिर पनि फैलियो। इश्लाम धर्मगुरू शामिलले ककेशियन हिमाली क्षेत्रका मानिसहरूलाई नेतृत्व गरेर रसियनहरूको सशस्त्र प्रतिकार गरे। तर कुन्ता…हाजीले शान्तिपूर्ण समाधान खोजी गर्नुभयो। किनभने सबै चेचेनहरू त्यसरी सशस्त्र प्रतिकारमा उत्रिए भने उनीहरूको विनास हुनेछ भन्ने वहाँलाई थाहा थियो। वहाँले ती हिमाली भेगमा बस्ने मानिसहरूलाई शान्तिको बाटोमा डोर्‍याउने उपाय खोजी गर्नुभयो।

शामिल र कुन्ता…हाजीबीचको मतभेदको परिणाम स्पष्ट छ। रसियालीहरूको अथाह शक्ति र बर्बरताले हिमाली मानिसहरूको लामो समयदेखिको प्रतिरोधलाई छिन्नभिन्न बनायो। शामिल रसियाली बादशाहको सम्मानित अतिथि बन्न पुगे र आफ्नो जीवनका अन्तिम दिनहरू पवित्र शहर मक्कामा विताए। जीवनभर मेलमिलाप, शान्ति, दानशीलता र न्यायको पक्षमा बोल्ने कुन्ता…हाजीलाई चाहिँ सन् १८६४ को जाडो याममा बादशाह अलेक्जेण्डर द्वितीयको आदेशमा पक्राउ गरियो। वहाँलाई जेल हालियो र त्यहाँ वहाँले एउटा साधारण अपराधीको जस्तो हालत भोग्नुपर्‍योः एक्लो, जाडोले कठ्याङ्ग्रिएको र भोको। आफूले अदालतमा बेहोरेका कुराहरू समेटेर वहाँले लेखेका केही चिट्ठीहरू वहाँको परिवारले पढ्न पाए। चिट्ठीबाट थाहा हुन्थ्यो… वहाँले ती चुनौतीहरूलाई गरिमा र धैर्यतापूर्वक सामना गर्नुभएछ। रसियाली क्रिश्चियन लियो टोल्सटोय, भारतीय हिन्दु माहात्मा गान्धी र चेचेन सूफी कुन्ता…हाजीलगायत भिन्न…भिन्न आस्थाका व्यक्तिहरूले मानिसहरूलाई असलपन, करूणा र उदारताका लागि प्रयत्नशील रहन अनुरोध गरिरहे।

मानिसहरू आजसम्म पनि चेचेन सूफी कुन्ता…हाजीका शब्दहरू स्मरण गर्छन्…
दुष्ट्याईंलाई दया र प्रेमले जित्नु।
लालचलाई दानशीलताले जित्नु।
झुटलाई सत्यवचनले जित्नु।
अनास्थालाई आस्थाले जित्नु।